logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने संजीवनी बुटी बन्नुपर्छ : अध्यक्ष ढकाल

    मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने संजीवनी बुटी बन्नुपर्छ : अध्यक्ष ढकाल

    371
    Shares
    मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने संजीवनी बुटी बन्नुपर्छ : अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने संजीवनी बुटी बन्नुपर्ने बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा अध्यक्ष ढकालले यस्तो सुझाव दिएका हुन् ।

    उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने गरी संजीवनी बुटी बन्नेगरी मौद्रिक नीति आउनुपर्ने बताए । उनले उत्पादनमुलुक उद्योगको क्षमता बढाउँदै बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्ने बताए ।

    उनले मागमा आएको संकुचनको कारण उद्योगीहरुको ऋण तिर्ने नसकेको भन्दै मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने बताए । उनले राष्ट्र बैंकले लगानीलाई प्रोसाहन, पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवद्र्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्ने उल्लेख गरे ।

    उनले निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई सहज र सुलभ गरिनुपर्ने बताए । उनले निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको उल्लेख गरे । उनले नगद प्रवाहमा भएको समस्या,न्युन उत्पादन र निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजना समेत स्थगन भइरहेकाले मनोवल उच्च बनाउने मौद्रिक नीति अहिलेको आवश्यकता भएको बताए । उनले गाउँ र साना लगानीका क्षेत्रमा लगानी वृद्धि गर्न बैंकहरुलाई प्रोत्साहन गरिनु पर्ने बताए ।

    उनले भने, ‘उत्पादन मुलुक उद्योगको क्षमता बढाउनुपर्छ । बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्छ । मागमा आएको संकुचनको कारण उद्योगीहरुको ऋण तिर्ने कम भएको छ । त्यसलाई सम्बोधन गरिनुपर्छ । लगानीलाई प्रोसाहन गर्ने नीति अपनाउनुपर्छ । पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवद्र्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्छ ।

    कर्जा प्रवाह सहज र सुलभ गरिनुपर्छ । निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको छ । नगद प्रवाहमा भएको समस्या,न्युन उत्पादन र निजी क्षेत्रको गिर्दो मनोवलका कारण नयाँ लगानीका योजना समेत स्थगन भइरहेका छन् । गाउँ र साना लगानीका क्षेत्रमा लगानी वृद्धि गर्न बैंकहरुलाई प्रोत्साहन गरिनुपर्छ ।

    सहकारी र लघुवित्तमा आएको समस्यापछि गाउँ–गाउँमा कर्जा प्रवाह साँघुरिएको अवस्था छ । बैंक तथा वित्तीय संस्थासँगै व्यवसायलाई माथि उठाउने हिसावले मौद्रिक नीति संजीवनी बुटी बन्नुपर्छ । सबै व्यवसायीहरु खराब छैनन् । सबै ऋणी नियतवस डिफल्ट भएका होइनन् । वास्तवमै समस्यामा परेर कर्जाको सावाँ ब्याज तिर्न नसकेका हुन् ।’

    उनले सबै ऋणीले नियतबस कर्जा नतिरेको नभइ वास्तविक रुपमै समस्यामा परेर बैंकको ऋण तिर्न नसकेको बताए । उनले कर्जा चुक्ता गरेलगत्तै व्यवसायी तथा कम्पनीलाई कालोसूचीबाट हटाउने व्यवस्था गर्न सुझाव राखे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend