logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • कर्णाली प्रदेश सरकारको वार्षिक खर्च ६० प्रतिशत

    कर्णाली प्रदेश सरकारको वार्षिक खर्च ६० प्रतिशत

    448
    Shares
    कर्णाली प्रदेश सरकारको वार्षिक खर्च ६० प्रतिशत

    कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०–०८१ मा वार्षिक खर्च प्रगति ६० दशमलव ३४ प्रतिशत गरेको छ । चालु आवमा प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपैयाँ बजेट ल्याएको थियो ।

    प्रदेश सरकारद्वारा चालु आवका लागि विनियोजित कूल बजेटमा २० अर्ब १५ करोड ३९ लाख ७३ हजार एक सय ६२ रुपैयाँ (६० दशमलव ३४ प्रतिशत) खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले जानकारी दिए ।

    जसमा चालुतर्फ नौ अर्ब ४५ करोड ८३ लाख २६ हजार सात सय ९७ रुपैयाँ (६८ दशमलव ३६) र पुँजीगततर्फ दश अर्ब ६९ करोड ५६ लाख ४६ हजार तीन सय ६५ रुपैयाँ (५४ दशमलव ६७ प्रतिशत) खर्च भएको उनले बताए ।

    “गत आव ०७९–०८० मा प्रदेश सरकारले ६७ दशमलव ५३ प्रतिशत वार्षिक खर्च प्रगति गरेको थियो”, उनले भने, “चालु आवमा भने वार्षिक खर्च प्रगति करिब आठ प्रतिशतले घटेको छ ।

    गत आवमा चालु खर्च ७२ दशमलव ४० प्रतिशत हुँदा चालु आवमा ६८ दशमलव ३६ प्रतिशत मात्र खर्च भएको छ ।” नियन्त्रक मगरातीका अनुसार गत आवमा पुँजीगत खर्च प्रगति ६४ दशमलव ३२ प्रतिशत थियो । चालु आवमा ५४ दशमलव ६७ प्रतिशत मात्र भएको छ ।

    चालु आर्थिक वर्षमा वार्षिक खर्च प्रतिशत कम हुनुमा १५ लाख रुपैयाँ मुनिका पूर्वाधार निर्माणका काम नहुनु, कर्णाली समृद्धि आयोजना कार्यान्वयनमा नआउनु, सांसद विकास क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अदालतमा मुद्दा पर्नु र केही हदसम्म कर्णालीमा जनशक्ति अभावलगायत कार रहेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend