logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • उदयपुर जिल्लाको विभिन्न ठाउँमा बाढी, उद्धार कार्य जारी

    उदयपुर जिल्लाको विभिन्न ठाउँमा बाढी, उद्धार कार्य जारी

    497
    Shares
    उदयपुर जिल्लाको विभिन्न ठाउँमा बाढी, उद्धार कार्य जारी

    काठमाडौँ । अविरल वर्षाको कारण उदयपुर जिल्लाको विभिन्न ठाउँ डुवानमा परेका छन् । डुवानमा पर्ने सम्भावित ठाउँहरुमा उद्धार कार्य जारी छ ।

    बेलका नगरपालिका–१ भालमन्ती भौडाहास्थित त्रियुगा नदि र भालमन्ती खोलामा पानीको बहाव बढि बस्ती पस्दा डुवानमा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

    सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली खटिई डुवानमा परेकाहरुको सकुशल उद्धार गरेको हो ।

    त्यसैगरी बेलका नगरपालिका–२ स्थित करैया, पुरनदह र मुसहरी बस्तीमा त्रियुगा नदिमा पानीको बहाव बढि बस्तीमा पस्दा डुवानमा परेका करीव २ सय ५० घरपरिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

    त्यस्तै चौदण्डीगढी नगरपालिका–७ स्थित द्धार खोलामा आएको बाढीले बाँध कटान गरी सो ठाउँको खसी बजार, मदनचोक र बगरकोटमा पस्ने सम्भावना भएपछि नेपाल प्रहरी र स्थानीय वासिन्दाले जाली लगाई बाँध निर्माण गरेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend