केशब जोशी, डोटी । नेपालमा रहेका अधिकांश कुप्रथा अन्त्य भएता पनि छुवाछूत प्रथाको अन्त हुन नसकेको भन्दै डोटीका दलित समुदायले चिन्ता ब्यक्त गरेका छन ।
डोटीको शिखर नगरपालिका वडा नम्बर १० मा आइतबार आयोजीत दलितका लागि दलित अभियान कार्यक्रमका वक्ताहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन । दलित अगुवा दिपक सदासंकरले सती प्रथा र कमैया प्रथा हटेको बताउदै देशमा ठुला ठुला परिवर्तन भए पनि अझै छुवाछूत प्रथा नहटेको बताए ।
उनले दलित दलितबीच पनि छुवाछूत रहेको बताउँदै पहिले आफ्नो समुदायबीचको छुवाछूत हटाउन सकेमा मात्रै अन्य समुदायसंग कुप्रथाको विरुद्ध लड्न सकिने बताए ।
सम्पूर्ण दलित समुदाय एक भएर यसको अन्त्यका लागी लाग्नु पर्ने ,साथै राजनीति आर्थिक सामाजिक शैक्षिक क्षेत्रमा समेत आफुहरु बलियो हुनुपर्ने बताए ।
हामी सबैको ऐक्यबद्धता समृद्ध समाज निर्माणमा हाम्रो प्रतिबद्धता भने मुल नाराकासाथ आयोजीत दलितका लागि दलित अभियान कार्यक्रम शंंकर बिकको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि शेर बहादुर बिक र विशिष्ट अतिथि खेमा भुल र माया बिक रहेका थिए । उक्त कार्यक्रममा बोल्दै दलित अगुवा माया बिकले विभिन्न किसिमका सीपमूलक कार्यक्रम सिकेर दलित समुदायका महिलाहरूले आफुहरुलाइ आर्थिक रुपमा बलियो बन्नुपर्ने कुरामा जोड दिइन ।
दलित महिलाहरुले सिलाइ कटाइ, व्युटीपार्लर लगाएत तालीमहरु सिकेर आत्म निर्भर बन्नु पर्ने उनले बताईन ।
कार्यक्रमका प्रमुख अतिथि शेर बहादुर बिकले युद्ध लडेर गणतन्त्र ल्याएको भए पनि छुवाछूतको अन्त नहुनु दुखद बिषय भएको बताए । हातहतियार बनाएर युद्धको बेला सहयोग गरेका दलित समुदायले भोग्दै आएको छुवाछूतको पीडा नया गणतान्त्रीक व्यवस्थाले पनि नबुझेको उनको गुनासो छ ।
विभिन्न किसिमका कृषि यन्त्र संगै सबैको इज्जत जोगाउने लुगा कपडा सिलाउने सिपका धनी दलितहरुको छुवाछूतको पीडा राज्यले बुझ्नु पर्ने बताए ।
त्यसैगरी कार्यक्रमका सभापति संकर बिकले संविधानमा लेखेकोको कुरा व्यबहारमा लागु हुनु नसक्नु दुखद विषय भएको बताउदै कानुन बने पनि कार्यान्वयन नहुँदा समस्या ज्यूका त्यू रहेको बताए । उनले कानुन कार्यान्वयनका लागी दलित समुदायलाई एक जुट हुन अपिल गर्दै सबै दलित समुदाय मिलेमा जस्तो सुकै युद्ध पनि जित्न सकिने बताए ।
कार्यक्रमका धेरै बक्ताहरुले दलित समुदायमा एकताको अभाव भएकाले एकता कायम गरेर आफुभित्र रहेको विभेद हटाउनु पर्ने बताएका थिए ।