काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् ।
त्यसका लागि प्रधानमन्त्रीका तर्फबाट संसद्का महासचिवलाई औपचारिक पत्र पठाइँदैछ । पत्र पठाउनुअघि प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिनेबारे सभामुख देवराज घिमिरेसँग मौखिक जानकारी गराएका थिए ।
प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई कांग्रेसको साथ छ । संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ ।
गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हालेका थिए ।