logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • १ अर्ब लगानी थपेर पाँचतारे रिसोर्ट बन्दै लुम्बिनी प्यालेस

    १ अर्ब लगानी थपेर पाँचतारे रिसोर्ट बन्दै लुम्बिनी प्यालेस

    1.4K
    Shares
    १ अर्ब लगानी थपेर पाँचतारे रिसोर्ट बन्दै लुम्बिनी प्यालेस

    काठमाडौं । पर्यटकीय नगरी लुम्बिनीमा नयाँ होटल थपिने र सञ्चालनमा रहेका होटलहरुले पनि लगानी थपेर स्तरोन्नोति गरिरहेका छन् । यस्तै लुम्बिनीमा सञ्चालनमा रहेको लुम्बिनी प्यालेस रिसोर्ट पाँचतारेमा स्तरोन्नती हुने भएको छ ।

    लुम्बिनी प्यालेसले १ अर्ब ८ करोड ५० लाख रुपैयाँ लगानी थपेर पाँचतारे स्तरको रिसोर्ट बनाउन लागेको हो । ८१ करोड ४० लाख रुपैयाँ ऋण र बाँकी २७ करोड १० लाख रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ । २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना तयार पारिएको छ ।

    होटलको स्तरोन्नतीका लागि अहिलेसम्म ५२ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । अहिलेसम्म ४८ प्रतिशत वित्तीय प्रगति भएको लुम्बिनी प्यालेसले जनाएको छ । रिसोर्टले विलासी सुविधा दिने योजना बनाएको छ । विलासी कोठाहरू र सुइटहरू सहितको आवासहरू, उच्च सुविधा र क्यासिनो पनि चल्ने भएको छ ।

    लुम्बिनी प्यालेस अहिले ३० वटा कोठामा सञ्चालन भइरहेको छ । होटल सञ्चालनमा आएको तीन वर्ष भइसकेको छ । यसलाई तीन गुणा बढाएर ९० कोठमा बनाउन लागिएको हो । पाँचतारे होटल आगामी वर्ष २०२५ को अक्टुबरसम्म सञ्चालनमा ल्याउने योजना रहेको लुम्बिनी प्यालेसले जनाएको छ । योजनाबद्ध समय र लागतभित्र परियोजना सम्पन्न गर्न बाँकी छ ।

    होटलका अध्यक्ष डा. राजेन्द्र केसी रहेका छन् । होटल स्तरोन्नतीको काम चाटर्ड एकाउन्टेन्ट दीपक पाण्डेले गरेका छन् । उनी राजधानीको बूढानिलकण्ठमा भर्खरै सञ्चालनमा आएको लेमन ट्रि होटल र लेमन ट्रि रिसोर्ट लुम्बिनीका सञ्चालक पनि हुन् ।

    रिसोर्ट लुम्बिनीस्थित भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ७.९ किलोमिटर दुरीमा रहेको छ । यस्तै उत्तरप्रदेशको नौतनुवा रेल्वे स्टेशनबाट ३७.९ किलोमिटरको दुरीमा रहेको छ ।

    सियारी ५ सिद्धपुरमा २२ विगाहा जग्गामा लुम्बिनी प्यालेस रिसोर्ट रहेको छ ।रिसोर्टको छेउमै ४ विगाहा जग्गामा मुख्य पोखरी निर्माण गरिएको छ।
    १० अर्बको व्यापार

    गत वर्ष लुम्बिनी प्यालेसले १० अर्ब १० करोड रुपैयाँ व्यापार गरेको छ । गत वर्ष लुम्बिनीको मार्जिन ५४ प्रतिशत थियो । २०२२ मा रिसोर्टले ७ करोड २० लाख र २०२१ को सुरुवात वर्ष ३ करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो । रिसोर्टले ८३ करोड ८७ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर एनपी ए फोर रेटिङ पाएको छ ।

     

     

     

     

     

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend