logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अमेरिकी राष्ट्रपति बाइडनलाई कोरोना संक्रमण

    अमेरिकी राष्ट्रपति बाइडनलाई कोरोना संक्रमण

    336
    Shares
    अमेरिकी राष्ट्रपति बाइडनलाई कोरोना संक्रमण

    काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनमा कोरोना संक्रमण देखिएको छ ।

    लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नुअघि उनको कोभिडका लागि परीक्षण गरिएको थियो, जसमा उनी संक्रमित भेटिए ।

    ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिएकी हुन् । उनले अमेरिकी राष्ट्रपतिलाई कोभिडविरुद्धको खोप लगाइएको बताएकी छन् ।

    बाइडनलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको छ । अब उनलाई डेलावेयरमा आइसोलेसनमा राखिने बताइएको छ ।

    राष्ट्रपतिलाई प्याक्सलोभिडको पहिलो डोज दिइएको ह्वाइटहाउसले बताएको छ । अमेरिकामा चुनावी गतिविधि चर्की रहेको बेला बाइडन कोरोना संक्रमित भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ ।

    यसअघि सन् २०२२ को जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडन कोभिड–१९ पोजिटिभ भेटिएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend