आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

जनताका अपेक्षा पूरा गर्न वर्तमान सरकार सफल हुनेछ : सांसद रोकाय

जनताका अपेक्षा पूरा गर्न वर्तमान सरकार सफल हुनेछ : सांसद रोकाय

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले संविधान संशोधनको विषयमा सरकारले सफलतापूर्वक काम गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारबाट नागरिकहरुले गरेको अपेक्षा पूरा हुने बताए । उनले अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन दिने दाबी गरे ।

उनले दश वर्षमा अभ्यास गरेको संविधानलाई अब संशोधन गरेर सफल बनाउनुपर्ने बताए । उनले वर्तमान संविधानलाइ संशोधन गरी वैज्ञानिक बनाउन आवश्यक रहेको बताए ।

सांसद रोकायले कर्णाली प्रदेश हरेक कुरामा सम्भावनाले भरिपूर्ण रहेको भन्दै प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend