शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

दिगो समस्या समाधानका लागि पर्याप्त बजेट विनियोजन गर्न अर्थमन्त्रीलाई सांसद तामाङको आग्रह

दिगो समस्या समाधानका लागि पर्याप्त बजेट विनियोजन गर्न अर्थमन्त्रीलाई सांसद तामाङको आग्रह

कैलाली । नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरको बाढी र कटान रोक्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएका छन् । उनले अर्थमन्त्री पौडेललाई एक माग पत्र बुझाउँदै जिल्लाको दिगो समस्या समाधानका लागि पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेका हुन् ।

कञ्चनपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद तामाङले कञ्चनपुरको दोदा, चौधर र महाकालीलगायतका नदीहरुले बर्षातको समयमा कञ्चनपुरका दर्जनौँ बस्तीहरू प्रभावित हुने गरेको बताए । असार २२ देखि २४ सम्मको मनसुनको कारण कञ्चनपुरमा मात्रै चार जनाको मृत्यु भएको बताउँदै उनले यहाँका सयौँ बिघा खेतीयोग्य जग्गा बगरमा परिणत भएको र सयौँ घरहरूमा क्षति पुगेको बताए ।

तामाङले अर्थमन्त्री पौडेललाई फेरि यस्तो नियति नदोहोरिन भन्दै तत्काल उपयुक्त व्यवस्था गर्न माग गरे । उनले चौधर नदी मा गुरुयोजना अनुसारको पक्की तटबन्ध निर्माण गर्न माग गरे ।

बोर्डर करिडोर सडक (बीचफाँटा पुनर्वास,गोविन्द बजार बेलौरी छोटी भन्सार, बैवाह हुँदै झिलमिला सम्म) र बेलौरी भन्सार सिमा देखि बेलौरी बजार हुँदै कलुवापुरसम्म सडक स्तरोन्नति गर्न पनि सांसद तामाङले माग गरेका छन् ।

सांसद तामाङको माग पत्र बुझ्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफू समस्याको समाधान गर्न लाग्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend