logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अर्को वर्ष बिजुली उत्पादनमा नवीकरणीय स्रोतको प्रयोग कोइलाको भन्दा बढी हुने

    अर्को वर्ष बिजुली उत्पादनमा नवीकरणीय स्रोतको प्रयोग कोइलाको भन्दा बढी हुने

    378
    Shares
    अर्को वर्ष बिजुली उत्पादनमा नवीकरणीय स्रोतको प्रयोग कोइलाको भन्दा बढी हुने

    पेरिस,एएफपी । विश्वव्यापी नवीकरणीय स्रोतहरूबाट उत्पादित बिजुलीले सन् २०२५ मा पहिलोपटक कोइलाबाट उत्पादित ऊर्जाको मात्रालाई उछिन्ने भएको छ ।

    यो वर्ष र अगामी वर्ष बिजुलीको उत्पादन चार प्रतिशत वृद्धि हुने देखिएको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए) ले शुक्रबार उल्लेख गरेको छ ।

    “बिजुलीको बढ्दो मागले हाम्रो अर्थतन्त्रमा यसको भूमिका साथै गम्भीर गर्मीको प्रभावलाई प्रतिबिम्बित गर्दछ,” आइइएका ऊर्जा बजार र सुरक्षा निर्देशक केइसुके सदामोरीले भने।

    जलविद्युत, सौर्य, हावा र अन्य नवीकरणीय स्रोतबाट आगामी वर्ष विश्वव्यापी आपूर्तिको ३५ प्रतिशत बिजुली उत्पादन गर्ने अनुमान गरिएको छ ।

    सन् २०२५ मा सौर्य ऊर्जाले मात्रै विश्वव्यापी मागको आधा बिजुली आपूर्ति गर्ने तयारी गरिएको छ भने हावाबाट थप २५ प्रतिशत बिजुली आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।

    चीन र भारतमा भने बिजुलीको प्रयोग बढ्दै गएको तर कोइलाको प्रयोग घट्ने अपेक्षा नभएको आइइएले जनाएको छ ।

    भारतमा बढ्दो गर्मीको लहरले यस वर्ष देशमा बिजुलीको माग आठ प्रतिशत बढ्ने अपेक्षा गरिएको छ । चीनमा छ प्रतिशत बढ्ने अपेक्षा गरिएको छ । युरोपको माग १.७ प्रतिशत बढेको छ । अमेरिकामा गत वर्षको तुलनामा विद्युतको माग ३ प्रतिशत बढ्ने अपेक्षा गरिएको छ ।

    “बिजुली मिश्रणमा स्वच्छ ऊर्जाको हिस्सा बढ्दै जानु उत्साहजनक छ, तर अन्तर्राष्ट्रिय ऊर्जा र जलवायु लक्ष्यहरू पूरा गर्न यसको छिटो बृद्धि हुन आवश्यक छ,” सदामोरीले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend