logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आइटीमा खराबीपछि टर्किस एयरलाइन्सले रद्द गर्‍यो ८४ उडान 

    आइटीमा खराबीपछि टर्किस एयरलाइन्सले रद्द गर्‍यो ८४ उडान 

    336
    Shares
    आइटीमा खराबीपछि टर्किस एयरलाइन्सले रद्द गर्‍यो ८४ उडान 
    काठमाडौँ । टर्किस एयरलाइन्सले विश्वव्यापी आइटीमा खराबी आएपछि ८४ उडान रद्द गरेको छ ।
    प्राविधिक गडबडीले संयुक्त राज्य अमेरिकामा उडानहरू रोकिएका छन्, बेलायतमा टेलिभिजन प्रसारण अवरुद्ध भएको छ र अस्ट्रेलियामा दूरसञ्चार प्रभावित भएको छ ।
    “कुनै पनि अवरोधबाट बच्न केही उडानहरू रद्द गरिनेछ र हाम्रा उडानहरू क्रमशः चाँडोभन्दा चाँडो सामान्यमा फर्किनेछन्”, टर्किस एयरलाइन्सका याह्या उस्तुनले सामाजिक सञ्जालमार्फत घोषणा गरे ।
    टर्कीको प्रमुख क्यारियरका रद्द गरिएका अधिकांश उडानहरू घरेलु र युरोपबाट आउने र जाने गरेका थिए ।
    “हामी विश्वभरका विभिन्न क्षेत्रका धेरै कम्पनीलाई असर गर्ने सफ्टवेयर–सम्बन्धित समस्या समाधान गर्न हाम्रो परिचालन तीव्रतालाई कम गरिरहेका छौँ”, उस्तुनले भने ।
    टर्कीको सूचना र सञ्चार प्रविधि प्राधिकरणले यो अवरोध साइबर आक्रमणको कारणले नभएको एक विज्ञप्तिमा जनाएको छ ।
    टर्कीमा रहेको निजी बैङ्क र इमिरेटस एनबिडीको स्वामित्वमा रहेको डेनिजबैङ्कले सामाजिक सञ्जाल एक्समा ग्राहकहरूलाई सन्देशमा अवरोध हटाउन काम गरिरहेको बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend