logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नीजि क्षेत्रले सङ्कुचनको महशुस गरिरहेको छ, मौद्रिक नीतिमा लचकता अपनाउनुपर्छ : सांसद पुन

    नीजि क्षेत्रले सङ्कुचनको महशुस गरिरहेको छ, मौद्रिक नीतिमा लचकता अपनाउनुपर्छ : सांसद पुन

    385
    Shares
    नीजि क्षेत्रले सङ्कुचनको महशुस गरिरहेको छ, मौद्रिक नीतिमा लचकता अपनाउनुपर्छ : सांसद पुन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले मौद्रिक नीति नीजि क्षेत्रको चासोलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताएका छन् ।

    सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले नीजि क्षेत्रले सङ्कुचनको महशुस गरिरहेको भन्दै मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने बताएका हुन् ।

    उनले घरजग्गा कारोबार र शेयर कारोबारमा रहेका अफ्ठ्याराहरुलाई फुकाउनुपर्ने बताए । उनले लगानीयोग्य पुँजी बैंकहरुमा थुप्रिएर बसेको भन्दै मौद्रिक नीतिले त्यसलाई चलायमान बनाउनुपर्ने बताए । उनले नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा सरकारले हस्तक्षेपमा गर्नु नहुने बताए ।

    उनले मौद्रिक नीति सरकारले लिएको वित्तीय नीतिलाई समर्थन गर्नेगरी आउनुपर्ने बताए । उनले मौद्रिक नीतिमा कुनै स्वार्थ समूह हाबी हुन नहुने पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend