logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • सौर्य एयरलाइन्सका पाइलटले डाक्टरसँग भने : ‘मैले उठाउन खोज्दै थिए तर कन्ट्रोल भएन खस्यो’

    सौर्य एयरलाइन्सका पाइलटले डाक्टरसँग भने : ‘मैले उठाउन खोज्दै थिए तर कन्ट्रोल भएन खस्यो’

    20.5K
    Shares
    सौर्य एयरलाइन्सका पाइलटले डाक्टरसँग भने : ‘मैले उठाउन खोज्दै थिए तर कन्ट्रोल भएन खस्यो’

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ । अस्पतालका अनुसार उनको स्वास्थ्यमा थप कुनै जटिलता छैन ।

    काठमाडौं मेडिकल कलेज (केएमसी) की मेडिकल डाइरेक्टर डा. मिना थापाले क्रमिक रुपमा पाइलट शाक्यको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको जानकारी दिइन् । उनले थप केही स्वास्थ्य समस्या छ कि भनेर एमआरआई गर्ने तयारी गरीएको सुनौलो नेपालसँग बताइन् ।

    मेडिकल डाइरेक्टर थापाकाअनुसार पाइलट शाक्यको टाउको र शरीरमा चोट लागेको छ। शाक्यको करङको दुई वटा हड्डी भाँचिएको छ ।

    ‘सीटी स्क्यानको सुरुको स्क्रिनिङबाट हामीले टाउकोमा हड्डीको बाहिरपट्टी रगत जमेको र इम्प्याक्टको कारणले गर्दा भित्र मस्तिष्क थोरै सुन्निएको मात्रै देखियो। कम्मरको दुईवटा हड्डी पनि क्र्याक भएको देखियो।’ उनले भनिन्- ‘त्यसपछि अर्को सीटी स्यानको बेलुकाको रिपोर्टमा करङको दुई वटा हड्डी भाँचिएको देखियो। अरु ठाउँ चोट पुगेको देखिएन।’

    ‘अरु पनि केही समस्या छ कि भनेर हामीले एमआरआई गर्न लागेका हौ’ उनले भनिन् ।

    भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् : 


    शाक्यको आइसीयूमै उपचार भैरहेको छ । डा. थापाले भनिन- ‘उहाँलाई अहिले पनि आइसीयूमै राखेर उपचार भैरहेको छ । एमआरआईपछिको रिपोर्ट अवस्था हेरेर उहाँको थप अवस्था बारे जानकारी दिने छौँ ।’

    डा. थापाले शाक्यसँग कुराकानी भएको बताउँदै शाक्यको भनाईलाई उदृत गर्दे सुनौलो नेपालसँग भनिन्- ‘मैले उठाउन खोज्दै थिए ५०/६० मिटर माथि गाको थियो तर कन्ट्रोल भएन , म चाँहि कताकताबाट बाहिर निस्किए, साथीहरुले श्वास फेरेको सुनि रहेको थिए ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend