सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीले लिए शपथ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष शिवराज अधिकारीले शपथ लिएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उपाध्यक्ष अधिकारीले शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाल्पाका अधिकारीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।

यस्तै, बिहीबार नै आयोगको सदस्यमा आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त भएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend