शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

मुलुक विकासका लागि कांग्रेस र एमालेको सरकार गठन भएको हो, आगामी निर्वाचनसम्मै रहन्छ : सञ्चारमन्त्री

मुलुक विकासका लागि कांग्रेस र एमालेको सरकार गठन भएको हो, आगामी निर्वाचनसम्मै रहन्छ : सञ्चारमन्त्री

सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङ लमजुङ, १२ साउनः राष्ट्रिय युवा संघ गण्डकी प्रदेशको दुई दिनसम्म सञ्चालन हुने प्रथम अधिवेशनको शनिबार दिउँसो लमजुङ बेंसीसहर नगरपालिका–८ जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ ।तस्बिरः जनक श्रेष्ठ÷रासस

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएको र यो आगामी निर्वाचनसम्मै रहने बताएका छन् ।

आजदेखि सुरु भएको राष्ट्रिय युवासङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले विकासको गति बढाउनका लागि दुई ठूल मिल्नु परेको स्पष्ट पारे ।

सबै क्षेत्रको विकासमा सरकारले ध्यान दिने बताउँदै मन्त्री गुरुङले मुलुकलाई विकसित देशको दाँजोमा लैजानका लागि प्रतिबद्ध भएर लाग्ने बताए । उनले प्रधानमन्त्री केपी ओलीलाई प्राप्त मत अझै थपिँदै जाने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले एक महिनाभित्रमा सबै मन्त्रीहरूलाई देखिनेगरी काम गर्न निर्देशन दिएको र सोही अनुरूप मन्त्रीहरू अघि बढेकाले कामको गति देखिने मन्त्री गुरुङको भनाइ छ । उनले विकासका कार्यक्रमलाई तीब्ररूपमा अगाडि बढाएर सरकारले जनतामा आशाको सञ्चार गराउने अठोट लिएको बताए ।

कार्यक्रममा एमाले पोलिब्यूरो सदस्य तथा युवासङ्घका पूर्वअध्यक्ष महेश बस्नेतले देश बनाउने जिम्मा युवाहरूको काँधमा आएकाले सोही अनुरूप युवाहरू अग्रसर हुनुपर्नेमा जोड दिए । एमाले पार्टीले युवाहरूलाई विभिन्न अवसर दिँदै आएको उनको भनाइ छ ।

सङ्घका केन्द्रीय पूर्वअध्यक्ष राजीव पहारीले युवाहरूले देश निर्माणमा ठूलो योगदान दिएको र राज्यले पनि सोही अनुरूप युवाहरूलाई अवसर प्रदान गर्नुपर्ने बताए । त्यस्तै एमाले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले, एमाले गण्डकी प्रदेश सचिव धनजय दवाडीले युवासङ्घले जनतामा विश्वास जगाएर काम गर्नुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend