आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

विशेष अदालतद्वारा भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्यालसँग ५० हजार धरौटी माग

विशेष अदालतद्वारा भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्यालसँग ५० हजार धरौटी माग

काठमाडौं । भ्रष्टाचार मुद्दा लागेर निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार धरौटी मागेको छ । आइतबार थुनछेक बहसको क्रममा उनीसँग ५० हजार धरौटी मागिएको हो ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु जितेन्द्र थापा र रामबहादुर थापाको इजलासले ५० हजार धरौटी माग गरेको हो । ४ घण्टासम्म भएको बयान र त्यसपछि भएको थुनछेक बहसपछि अर्याल ५० हजार रुपैयाँ धरौटीमा रिहा भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी आज बयान दिन पुगेका थिए । मुख्यसचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए । तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको थियो । अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरेको छ ।

यो पनि :

भ्रष्टाचार आरोपमा निलम्वित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगको विशेष पदमा सरुवा

मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भष्ट्राचार मुद्धा, अख्तियारद्धारा ३८ करोड ६७ लाख बिगो माग दावी

मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्धको मुद्धा विशेष अदालतमा रुजु हुँदै, दर्तापछि स्वत: निलम्बनमा पर्ने

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend