logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री गुरुङ

    सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री गुरुङ

    259
    Shares
    सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका छन् । सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको बताए । उनले प्रेसको नियमन पनि मन्त्रालयका निकायबाट नभइ स्वायत्त छुट्टै निकाय बनाइने बताए ।

    उनले नियमन, स्वनियमन, संवद्र्धन, प्रवद्र्धन स्वायत्त निकायबाट हुनेगरी व्यवस्था मिलाउने बताए ।

    उनले भने, ‘हाम्रो एउटा अनुरोध के छ भने प्रेस फ्रिडममाथि मन्त्रालयले केही कठोर बन्न खोजेको हो की भन्ने शंका तपाईंहरुलाई लाग्छ भने म अनुरोध गर्न चाहन्छु, हामी सबै एकै ठाउँबाट नै आएका छौँ । हामी सबै जना प्रेस फ्रिडम वा प्रेस स्वतन्त्रतामाथिको विश्वास छ नि, हामी शतप्रतिशत प्रेस स्वतन्त्रताको पक्षमा छौँ ।

    त्यसैले हाम्रो नियतमा कुनै त्यस्तो प्रश्न नउठाउनु होला । उठाउनु भयो भने अन्याय हुन्छ । हामी सबै प्रतिवद्धता जाहेर गरेर आएको हो ।

    प्रेसलाई नियमन गरौँ न भनेको हो । नियमन पनि मन्त्रालयले नगर्ने, मन्त्रालयको विभागले नगर्ने, एउटा अलग्गै स्वायत्त संस्था खोलेर त्यसबाट गरौँ । नियमन, स्वनियमन, संवद्र्धन, प्रवद्र्धन सबै त्यसैले गरोस् । सरकार, मन्त्रालय प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध छ ।’

    उनले वर्तमान सरकार नियन्त्रिण लोकतन्त्र, नियन्त्रित प्रेस स्वतन्ताको पक्षमा नरहेको पनि स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend