logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सहकारी छानवीन समितिमा पाण्डेको ठाउँमा आए बडू

    सहकारी छानवीन समितिमा पाण्डेको ठाउँमा आए बडू

    840
    Shares
    सहकारी छानवीन समितिमा पाण्डेको ठाउँमा आए बडू

    काठमाडौं । प्रतिनिधि सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा प्रतिनिधि सभाका तर्फबाट सदस्यहरुको मनोनयन गरेको छ ।

    मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा संघीय संसदका संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा प्रतिनिधि सभाको तर्फबाट सदस्यहरुको मनोनयन गरेको हो ।

    बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यहरुमा ठाकुरप्रसाद गैरे, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद तिमल्सिना, प्रतिमा गौतम, प्रभु हजारा, बुद्धिमान तामाङ, शान्ति बि.क., सन्तोष परियार, सरस्वति सुब्बा, हितराज पाण्डे र हेमराज राईलाई मनोनयन गरिएको घोषणा गरे ।

    त्यस्तै सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा नेपाली कांग्रेसका तर्फबाट सदस्य रहेका बद्रीप्रसाद पाण्डेको स्थानमा दिलेन्द्रप्रसाद बडूको नाम हेरफेर गरिएको छ । पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भएसँगै उहाँको ठाउँमा बडूलाई ल्याइएको हो ।

    त्यसैगरी नेपाली काँग्रेसकी सांसद सीता गुरुङ कानून, न्याय तथा मानव अधिकार समितिबाट पूर्वाधार विकास समितिमा र मोहनबहादुर बस्नेत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सार्वजनिक लेखा समितिमा स्थान्तरण भएका छन् ।

    प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

    प्रतिनिधि सभाको आगामी बैठक साउन २० गते आइतबार दिनको १ बजे बस्नेगरी बोलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend