शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै बाहिर आउने कुराको अन्त्य गर्छौंः मन्त्री गुरुङ

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै बाहिर आउने कुराको अन्त्य गर्छौंः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै सूचना दिनेकुराको अन्त्य गर्ने बताएका छन् ।

सरकारले असार ३१ गते मन्त्रीपरिषद् बैठक बसेको २४ घण्टापछि मात्रै निर्णय सार्वजनिक गर्ने बताएको थियो । तर सरकारले लागू गर्न नसकेपछि सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए ।

सञ्चारकर्मीहरुको जिज्ञासामा मन्त्री गुरुङले नियममा, ओहदामा बस्नेहरुले सरकारको निर्णय चुहाउन नहुने र सरकारको प्रवक्ताले नै २४ घण्टापछि सार्वजनिक गर्ने बताए ।

उनले आगामी दिनमा सूचना चुहाउन नदिन सरकार लाग्ने बताए । मन्त्रीहरु, मुख्यसचिव, सहसचिव जसको माध्यमबाट भएपनि सूचना चुहुन नदिन आग्रह गरे ।

उनले भने, ‘साँच्चिकै नियममा, ओहदामा बस्ने सरकारको प्रवक्ताले भनेको अनुसार रहेर हामीले २४ घण्टामभित्रै सुन्छौँ भन्नेलाई मर्का पक्कै परेको छ । मेरो मनमा पनि प्रश्न उठेको छ । यो हाम्रो समस्या हो । क्याबिनेटमा भएको मन्त्रीपरिद्को प्रवक्ताले यस्तो कुरा भनेको छैन । मैले भन्नै मिल्दैन । हाम्रो नियम, पद्धतिले नभन्नु भनेको छ ।

तर चुह्यो । चुह्यो त पक्कै मन्त्रीहरुबाट, मुख्यसचिव, सहसचिवहरुबाट चुह्यो । अब समस्या समाधान हुँदै जान्छ । बासी न्युज पर्खिनुपर्ने र फ्रेस न्युज अरुले पाउने कुराको अन्त्य गर्नेछौँ । यो पद्धति कायम गर्ने पक्षमा छौँ । शुरुका दिनमा केही समस्या भएपनि हामी समाधान गर्दै जान्छौँ ।’

उनले शुरुका दिनमा केही समस्या भएपनि आगामी दिनमा समाधान गर्दै जाने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend