
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रिय कमिटीलाई पूर्णता दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कमिटीको बैठकले सो निर्णय गरेको हो ।
बैठकका निर्णयबारे कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई केन्द्रिय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य जिम्मेवारी प्रदान गरेको बताए । उनले कार्यदलले १८ गते बस्ने बैठकमा आफ्नो प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको पनि बताए ।
उनले भने, ‘आजको केन्द्रिय कमिटीको बैठकले हाम्रो केन्द्रिय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य गर्नेगरी र बैठकमा प्रश्तुत गर्नेगरी पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ । १८ गते बस्ने बैठकमा उहाँहरुले आफ्नो प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।’
असार १६ गतेदेखि काठमाडौंमा भएको महाधिवेशनले १० दिनभित्रमा पदाधिकारी र केन्द्रिय सदस्यको टुंगो लगाउने भनेपनि अहिलेसम्म टुंगिएको छैन । साउन १८ गते बस्ने बैठकले पदाधिकारी र केन्द्रिय सदस्यको टुंगो लगाउने पनि उनले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend