logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • स्थानीय पूर्वाधार विभागलाई उपप्रधानमन्त्री सिंहको निर्देशन- ‘नागरिकको चाहना पूरा गर्ने गरि काम गर्नु’

    स्थानीय पूर्वाधार विभागलाई उपप्रधानमन्त्री सिंहको निर्देशन- ‘नागरिकको चाहना पूरा गर्ने गरि काम गर्नु’

    231
    Shares
    स्थानीय पूर्वाधार विभागलाई उपप्रधानमन्त्री सिंहको निर्देशन- ‘नागरिकको चाहना पूरा गर्ने गरि काम गर्नु’

    ललितपुर । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्ने गरि काम गर्न निर्देशन दिएका छन् ।

    बुधबार स्थानीय पूर्वाधार विभाग ललितपुरमा विभागकातर्फबाट हाल भइरहेका काम र आगामी योजनाको ब्रिफिङपछि उनले यस्तो निर्र्देशन दिएका हुन् ।

    हाल विभागले झोलुंगे पुल, ग्रामीण सडक, ग्रामिण सडक पुल, पालिकाहरुको प्रशासकीय भवन निर्माण, साना सिञ्चाई कार्यक्रम सञ्चालन गरिररहेको छ । जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्वपूर्ण रहेको भन्दै उपप्रधानमन्त्री सिंहले नागरिकले अनुभूति गर्ने गरि काम गर्न निर्देशन दिँदै त्यसमा केही समस्या परे मन्त्रालयले आवश्यक समन्वय गर्ने बताए ।

    हालसम्म विभागले ३ सय ६४ वटा पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गरिसकेको छ भने १ सय ४९ वटा भवन निर्माणाधिन अवस्थामा छ ।

    आर्थीक वर्ष ०८१र८२ मा विभागले ६८ स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने योजना राखेको छ भने ३ सय झोलुंगे पुल, ४० वटा सडक पुल र १ सय किलोमिटर पक्की सडक निर्माण सम्पन्न र ७० किलोमिटर सडक निर्माण कार्य शुरु गर्ने लक्ष्य राखेको जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend