logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारले मिडियालाई कमजोर हुन दिँदैन : उपप्रधानमन्त्री पौडेल

    सरकारले मिडियालाई कमजोर हुन दिँदैन : उपप्रधानमन्त्री पौडेल

    616
    Shares
    सरकारले मिडियालाई कमजोर हुन दिँदैन : उपप्रधानमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिवद्धता जनाएका छन् । मुलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधबार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    उनले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रुपमा लिने पनि बताए । उनले सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र सम्बन्ध बीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाएर लैजाने बताए । उनले सरकारकाप्रति आलोचनाको हकलाई कमजोर हुन नदिने बताए ।

    लोकतन्त्रको सबलीकरणका लागि मिलेर अघि बढ्न आग्रह गरे । सरकारले सापेक्षित रुपमा राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक रुपान्तरणका एजेण्डा अघि बढाइ मुलुकलाई समृद्धितर्फ डोर्याउनेतर्फ सरकार केन्द्रित रहेको बताए । स्थिरता र स्थायित्वको सवालमा विश्वास गर्नसक्ने स्थानमा आएको दाबी गरे ।

    उनले भने, ‘हाम्रो सामथ्र्य, हाम्रो पहुँच, हाम्रो दायरा भन्दा बाहिर परिस्थिति काबु भन्दा पर पुग्यो भन्ने नठान्नु होला । जरुर यहाँहरु समस्यामा हुनुहुन्छ । समस्या गम्भीर प्रकृतिका पनि छन् । तर समाधानको दायरा भन्दा बाहिर छैन । काबु भन्दा बाहिर परिस्थिति गइसकेको छैन । सरकारले मिडिया हाउस र मिडियालाई कमजोर हुन दिँदैन । यति चाहीँ दाबीका साथ भन्छु । यहाँहरुले उठाएका मुद्दालाई व्यवस्थित रुपमा हेर्नेछु ।

    सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र सम्बन्ध बीचको सम्बन्धका बारेमा धेरै भन्नु पर्दैन । राजनीतिक दल र मिडिया, सरकार र मिडियाबीचको सम्बन्धलाई हामीले जीवन्त र घनिष्ट बनाएर लैजाऔँ । सरकारकाप्रति आलोचनाको हकलाई भने कुनै हिसावले कमजोर हुनु हुँदैन । रचनात्मक र सकारात्मक आलोचना सरकारले स्वागत गर्नेछ ।’

    उपप्रधानमन्त्री पौडेलले देशको अर्थतन्त्रलाई शिथिलताको अवस्थाबाट गतिशिल, चलायमान बनाउनुपर्ने, उत्पादन, रोजगारी वृद्धि र उत्पादनका हरेक क्षेत्रकोृ आत्मविश्वास र मनोबल उठाउनुपर्ने अवस्था रहेको बताए ।

    उत्पादन वृद्धिसँगै राजश्व, पुँजीगत खर्च गर्ने सामथ्र्य वृद्धि, व्यापार असन्तुलनलाई अन्त्य गर्ने कुरामा ध्यान दिने बताए । उनले गतिशिल र सबल अर्थतन्त्र निर्माण गर्ने चुनौति रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend