आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । सिंहदरबारस्थित बसेरा होटेलमा एमाले सचिवालय बैठक सुरु भएको हो ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटेलमा बैठक आयोजना गरिएको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उनले स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने उल्लेख गरेका छन् ।

बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने जनाइएको छ ।

सचिवालय बैठकमा नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल हुने एमालेले जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend