logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बालेन्द्र साहलाई विद्यासुन्दरको चेतावनी : नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य हुँदैन

    बालेन्द्र साहलाई विद्यासुन्दरको चेतावनी : नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य हुँदैन

    1.2K
    Shares
    बालेन्द्र साहलाई विद्यासुन्दरको चेतावनी : नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य हुँदैन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताएका छन् । शनिबार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले महानगर प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै धरहरा भत्काइदिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिन वाञ्छनीय नहुने बताए । उनले अरुलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुनु नहुने बताए । उनले आफू काठमाडौं महानगरको मेयर हुँदा महानगरले विभिन्न राम्रा कामहरु गरेको उल्लेख गरे ।

    उनले आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९ औं स्थानमा राखेको भएपनि अहिले हैसियतअनुसार काम नहुँदा १७ औं स्थानमा पुगेको जिकिर गरे ।

    उनले भने, ‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरु बेलामा सुविधा सबै लिने । गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरुलाई दिने गर्छन् । त्यसमा हामीले चिन्ता लिनु पर्दैन । हामी काठमाडौं महानगरको मेयरको रुमपा रहँदा महानगर त्यस सञ्चालनको जिम्मा हामीले दिने भनिएको थियो ।

    त्यसबेलामा काठमाडौं महानगरपालिकाको हैसियत भनेको नेपाल सरकारले ९ औं स्थानमा राखेको थियो । अहिले झारेर १७ औं स्थानमा पु¥याएको छ । हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भुमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौं महानगरपालिका भन्दा देशभरका सम्पूर्ण मेयर, उपमेयरलाई तल राख्ने काम गरको छ । हामी सबैले आफ्नो हैसियत बुझेर काम गर्नुपर्छ ।’

    पूर्वमेयर शाक्यले स्थानीयको इच्छा विपरित कामनपाले काम गरिरहेको बताए । उनले न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाए । उनले जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोक्ने काममा लगाएको बताए । उनले नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने पनि बताए ।

    उनले नगर प्रहरी अनावश्यक रुपमा थपिएको भन्दै आवश्यकता नरहेको जिकिर गरे । उनले भत्काउने काममा मात्रै महानगर लागेको भन्दै महानगरवासी बनाएको भन्नेकुरा सुन्न आतुर रहेको बताए ।

    उनले महानगरपालिकाले करको सही सदुपयोग गर्नुपर्ने बताए । सत्तामा भएकाहरु आफू रमाउनको लागि नभइ भविष्यको पुस्ताको खुशीका लागि लाग्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend