मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

कर्णालीमा कांग्रेसका ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

कर्णालीमा कांग्रेसका ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार मुख्यमन्त्री यामलाल कँडेलले नेपाली कांग्रेसबाट चार मन्त्री नियुक्त गरेका थिए ।

उनीहरूले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिए ।

कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा हुम्लाकी विजया बुढा नियुक्त भएकी छन् ।

८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । कांग्रेस सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend