शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

ऊर्जामन्त्री खड्काले पदमुक्त गरेका प्राधिकरणका सञ्चालकलाई कुलमानले बैठकमा बोलाए

ऊर्जामन्त्री खड्काले पदमुक्त गरेका प्राधिकरणका सञ्चालकलाई कुलमानले बैठकमा बोलाए

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका दुई जना सदस्यलाई हटाएका छन् । मन्त्री खड्काले सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएका हुन् ।

मन्त्रीले हटाएका सदस्यहरूलाई सञ्चालक समितिले भने बैठकमा बोलाएको हो । उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको हो ।

शुक्रबार नै मन्त्री खड्काले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगीको लाइन नजोड्ने अडान लिएका सञ्चालक समिति सदस्यद्वय पुन र आचार्यलाई पदबाट हटाउने निर्णय गरेका थिए ।

अर्कोतर्फ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार साढे ४ बजे बैठकका लागि पुन र आचार्यलाई पनि बोलाएका छन् ।

शुक्रबार भएको निर्णयको औपचारिक जानकारी सञ्चालक समितिलाई नभएकोले प्राधिकरण सञ्चालक समितिको बैठक बस्न लागेको हो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend