मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्रीद्वारा शपथग्रहण

मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्रीद्वारा शपथग्रहण

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा आयोजित समारोहमा मुख्यमन्त्री सतिशकुमार सिंहले राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन् ।

यसअघि मुख्यमन्त्री सिंहले मंगलबार नै थप ५ राज्यमन्त्री नियुक्त गरेका थिए । नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मा मो. जयद आलम, नेपाली कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा, सिंचाई, सरसफाई तथा खानेपानी राज्यमन्त्रीमा निलमकुमारी रजकलाई नियुक्त गरेका हुन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री शम्भु साह नियुक्त भएका छन् । योसँगै मधेश सरकारको मन्त्रिपरिषद २० सदस्यीय बनेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend