logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहन्छौँ : गृहमन्त्री

    भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहन्छौँ : गृहमन्त्री

    511
    Shares
    भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहन्छौँ : गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहेको बताएका छन् । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धीको छलफल जीवन्त, सान्दर्भिक, विषयवस्तु केन्द्रित र महत्वपूर्ण रहेको बताए । उनले सरकार सो सम्बन्धी विधेयकमा गम्भीर रहेको बताए । अहिलेको विधेयकको विषयवस्तु, भ्रष्टाचारका बारेमा सरकारको शुन्य सहनशिलता, भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त सरकारले आफ्ना सम्पूर्ण शक्तिहरु लगाउने बताए ।

    उनले भने, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सम्मानित समितिमा जुन छलफल भइरहेको छ,मलाई लाग्छ यो अत्यन्त जीवन्त, सान्दर्भिक, विषयवस्तु केन्द्रित र महत्वपूर्ण छ । आज झन्डै ९ जना मान्यज्युहरुले आफ्ना विचार राख्नुभएको छ । यि अत्यन्त सरागर्भित र महत्वपूर्ण छन् ।

    अर्जेन्सी कति छ भन्ने प्रश्न गर्नुभएको छ, यो विषयको अर्जेन्सी छ । सरकार चाँडो भन्दा चाँडो यो विधेयक पारित गर्न चाहन्छ । त्यसका लागि सरकारका तर्फबाट म सम्मानित समितिलाई चाँडो निस्कर्षमा पुगिदिन आग्रह गर्दछु । विषयको महत्व र प्राथमिकताका बारेमा दुई दिन पहिला स्वयं प्रधानमन्त्रीज्युले यो सन्दर्भमा समितिमा उपस्थित हुनुभएको छ ।

    अहिलेको विधेयकको विषयवस्तु, भ्रष्टाचारका बारेमा सरकारको शुन्य सहनशिलता, भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त सरकारले आफ्ना सम्पूर्ण शक्तिहरु लगाउने समेतका विषयमा सम्माननीय प्रधानमन्त्रीज्युले व्यापक धारणा राखिसक्नुभएको छ । म समितिले बोलाउँदा सबैकाम छोडेर हाजिर हुनेछु, यो मेरो प्रतिवद्धता छ ।’

    गृहमन्त्री लेखकले समितिले बोलाउँदा सबैकाम छोडेर आफू उपस्थित हुने प्रतिवद्धता जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend