logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • सरकारले निराशा चिर्दै नागरिकको दैनिकी सहज बनाउने गरि काम गर्नेछ : उपप्रधानमन्त्री सिंह

    सरकारले निराशा चिर्दै नागरिकको दैनिकी सहज बनाउने गरि काम गर्नेछ : उपप्रधानमन्त्री सिंह

    476
    Shares
    सरकारले निराशा चिर्दै नागरिकको दैनिकी सहज बनाउने गरि काम गर्नेछ : उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् ।

    आज काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरि काम गरेर निराशा चिर्ने बताए । अहिलेको सरकार विशिष्ट अवस्थामा बनेकोबारे सबैलाई जानकारी रहेको भन्दै उनले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए ।

    सरकारले अहिले समाजमा देखिएको निराशालाई चिर्ने , काम गरेर देखाउने र डेलिभरेन्स दिने छ, उपप्रधानमन्त्री सिंहले भने , सरकार गठनअघि देशलाई समृद्धिको मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जानेगरि भएको सहमतिको जगमा यो सरकार बनेको तपाईहरूलाई थाहै छ ।

    आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएको भन्दै मतदाताको चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताए । आफूले विगतमा अवसर पाउँदा पनि काम गरेको र अहिले पहिले भन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेको बताए ।

    अर्को फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले जनमतको उपेक्षा गर्दै केही दलहरूले निराशा र अस्थिरता बढाउने गरि भ्रम छरेकाले त्यसलाई रोक्न बनेको कांग्रेस एमाले सम्मिलित सरकारलाई काम नगर्ने छुट नरहेको सिंहले पुन दोहोर्याए। कार्यक्रम बागमती प्रदेसका मन्त्री दोय हरिप्रभा खड्गि र सुरजचन्द्र लामिछाने को पनि सभागिता रहेको थियो ।

    सामाजिक सञ्जाल सन्देश प्रवाहको महत्वपूर्ण माध्यम भएपनि दुरूपयोग भइरहेको र केही दलले सामाजिक सञ्जाललाई भ्रम छर्ने माध्यम बनाएको भन्दै त्यसमा सचेत रहन पनि उनले आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend