logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • सरकारले प्रतिवद्धताअनुसार काम गरिरहेको छ : गृहमन्त्री लेखक

    सरकारले प्रतिवद्धताअनुसार काम गरिरहेको छ : गृहमन्त्री लेखक

    462
    Shares
    सरकारले प्रतिवद्धताअनुसार काम गरिरहेको छ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले प्रतिवद्धताअनुसारका काम गर्दै गएको दाबी गरेका छन् । आईतबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले यस वर्ष अत्याधिक वर्षा भइरहेको भएपनि तुलनात्मक रुपमा क्षति कम भएको बताए । उनले विपद् पूर्वतयारीका कारण क्षति कम भएको बताए । उनले पूर्वसूचना प्रणालीका कारणले, पूर्वतयारीका कारणले, जनधनका क्षति हामी न्युन हुँदै गएको बताए ।

    उनले आगामी पनि प्रतिवद्धता बमोजिम काम गर्दै जाने प्रतिवद्धता दोहोर्याए । रात्री बस चल्न दिने/नदिने बारेमा पनि सरकार छलफलमा रहेको बताए । उनले विकास गर्दा विकासको आधारभुत मापदण्ड अपनाउनुपर्ने बताए ।

    उनले भने, ‘अहिले केही प्रतिवद्धताअनुसारका कामहरु हुँदै गएका छन् । अघि नै मान्यज्युहरुले नै भनि सक्नुभयो । यो पालि अत्याधिक वर्षा भएको छ । अत्याधिक वर्षा हुँदा पनि क्षति तुलनात्मक रुपले कम भएको छ । यो थोरै पूर्वतयारीका कारणले भएको हो । मैले यति मात्रै निवेदन गरेँ ।

    हामीले सबै कुरा ठिक गरिसकेका छौँ म भन्दिन । किनभने यत्रो क्षति भएको छ । कहीँ न कहीँ समस्याहरु छन् । तथापि तुलनात्मक रुपले यो भन्दा कम वर्षा हुँदा जुन प्राकृतिक र मनसुनजन्य प्रकोप हुन्थ्यो, त्यो अलि कम किन भएको छ भन्दा हाम्रो पूर्वसूचना प्रणालीका कारणले, पूर्वतयारीका कारणले, जनधनका क्षति हामी न्युन गर्दै गइरहेका छौँ ।

    तथापि अहिले पनि निकै भइरहेको छ । प्रतिवद्धता बमोजिम काम गर्दै जाने फेरि म प्रतिवद्धता जनाउँछु । सिमलतालमा घटना भयो, रात्री बस चल्न नदिए हुन्थ्यो भन्ने पनि विचार आएको छ । यसका बारेमा पनि हामी गम्भीरतापूर्वक छलफल गर्नेछौँ । हामीले विकास गर्दा विकासको आधारभुत मापदण्ड अपनाउनु पर्छ ।’

    गृहमन्त्री लेखकले जोखिमपूर्ण स्थानको पहिचान गर्ने र त्यसमा प्रहरी परिचालन गरी समयमै सार्ने कुरामा सरकारले विशेष ध्यान दिइरहेको बताए । उनले यातायात प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend