logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आदिवासी जनजाति आन्दोलन छिन्नभिन्न भएः सञ्चारमन्त्री गुरुङ

    आदिवासी जनजाति आन्दोलन छिन्नभिन्न भएः सञ्चारमन्त्री गुरुङ

    889
    Shares
    आदिवासी जनजाति आन्दोलन छिन्नभिन्न भएः सञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको आदिवासी जनजाति आन्दोलन छिन्नभिन्न अवस्थामा पुगेको बताएका छन् ।

    आईतबार आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

    मन्त्री गुरुङले अहिले नेपालको आदिवासी जनजाति आन्दोलन मुर्झाएको अवस्थामा पुगेको बताए । उनले आदिवासी जनजाती आन्दोलनको जोस, जाँगर हराएको देखिएको बताए । उनले यसलाई बचाउनको लागि जनजाति संगठनहरुको महत्वपूर्ण भुमिका हुने बताए ।

    उनले आदिवासी जनजातीहरुका विभिन्न महासंघहरुका संस्थाहरु धेरै भएपनि महासंघ जस्तो नभएको टिप्पणी गरे । उनले महासंघ धेरै शक्तिशालि हुनुपर्ने भएपनि त्यस्तो नदेखिएको भन्दै महासंघहरुलाई सुधार गर्न जरुरी रहेको उल्लेख गरे । उनले आदीवासी जनजातीहरु भनेको मुलधारबाट अलग–अलग भएका समुदायहरुभएको भन्दै उनीहरु सत्ता र सत्ता राजनीति धेरै नबुझ्ने बताए ।

    उनले आन्दोलनमा हुनेहरुमा संक्रिण र सत्तामा हुनेहरुमा अहंकार धेरै भएको बताए । उनले जनजातीहरुको राजनीति अहंकारको अन्त्य र मुक्ति प्राप्तिको लागि हुनुपर्नेमा जोड दिए । उनले जनजातीहरुको पहिचानको मुद्दा मुक्ति प्राप्तिको लागि भएपनि सविधानले दिएका अधिकाहरुलाई प्रयोग गर्न नसकेको बताए ।

    उनले भने,‘अहिले नेपालको आदिवासी जनजाति आन्दोलन मुर्झाएको अवस्थामा छ । छिन्न भिन्न जस्तो,मुर्झाएको जस्तो, कुनै जोस, जाँगर नभएको जस्तो अवस्थामा देखिन्छ । यसलाई बचाउनको लागि जनजाती महासंघहरुको महत्वपूर्ण भुमिका हुन्छ ।

    महासंघहरुका संस्थाहरु धेरै भए तर महासंघ जस्तो भएको छैन । महासंघ धेरै शक्तिशाली हुनुपर्छ । त्यसरी विकास हुन सकेको छैन । यसको विकास र सुदृढ हुन जरुरी छ । आदीवासी जनजातीहरु भनेको मुलधारबाट अलग–अलग भएका समुदायहरु हुन् । उनीहरु सत्ता र सत्ता राजनीति धेरै बुझ्दैनन ।

    उनीहरुभित्र धेरै ठूलो संक्रिणता छ । आन्दोलनमा हुनेहरुमा संक्रिण र सत्तामा हुनेहरुमा अहंकार धेरै हुन्छ । जनजातीहरुको राजनीति अहंकारको अन्त्य र मुक्ति प्राप्तिको लागि हो । जनजातीहरुको पहिचानको मुद्धा मुक्ति प्राप्तिको लागि हो । शोसन,दमन,उत्पीडनबाट मुक्ति कसरी प्राप्त गर्ने आन्दोलन हो । आदिवासी जनजाती आन्दोलन कमजोर बनाउनको लागि जात पिच्छेका आयोगहरु बनेका छन् ।

    थारुहरुलाई आदिवासी जनजातीबाट टुक्राएको आदीवासीका नेताहरुले बुझेनन् । त्यति बेला आदीवासी जनजातीहरुको आन्दोलन कमजोर बनाउने संयन्त्र थियो ।’

    उनले आदिवासी जनजाती आन्दोलन कमजोर बनाउनको लागि जात पिच्छेका आयोगहरु बनेको बताए । उनले थारुहरुलाई आदिवासी जनजातीबाट टुक्राउनको लागि थारु आयोग बनाए पनि आदिवासीका नेताहरुले अहिलेसम्म नबुझेको बताए ।

    उनले विगतमा आदिवासी जनजातीहरुको आन्दोलन कमजोर बनाउने संयन्त्रमा यस्ता कामहरु भएको उल्लेख गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend