logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्छ : वामदेव गौतम

    संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्छ : वामदेव गौतम

    651
    Shares
    संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्छ : वामदेव गौतम

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्ने बताएका छन् ।

    बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रर्वद्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालाहरुसँगको छलफलका क्रममा सांसद गौतमले संविधानले नै दलित भनेको भन्दै संशोधनमार्फत हटाउनुपर्नेमा जोड दिए । उनले कसैले पनि भेदभाव गरे उनीहरुमाथि कारबाही हुनुपर्ने बताए ।

    उनले दाचार नीति विद्यालय, गैरसकारकारी संस्था, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका लागि पनि जारी गर्नुपर्ने बताए । उनले नेपाल र नेपाली जनतालाई साँच्चिकै माथि उठाउन र सांस्कृतिक रुपले उन्नत, सभ्य बनाउन चाहेको भए परिवारका लागि पनि सदाचार नीति जारी गर्नुपर्ने बताए ।

    उनले भने, ‘हाम्रो संविधानले नै दलित भनेर भनेको छ । मेरो मान्यता दलित भन्न हुन्नथ्यो । संशोधन गरेर हटाइदिनुपर्छ । कसैले पनि भेदभाव गरे भने उनीहरुमाथि कारबाही हुनुपर्छ । कसैले पनि त्यस्तो किसिमको व्यवहार गरे भने दलित सम्बन्धी आज भन्दा अघि जे गर्दथे । त्यस्तो गरे भने जसले गरेको छ, उसमाथि कारबाही हुनुपर्छ ।

    यस्तो सबै किटान गर्नुपर्छ र सदाचार नीति, स्कुल, गैरसकारकारी संस्था, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा, के हो सदाचार नीति त्यो जारी गर्नुपर्छ । सँगै परिवारको निम्ति पनि जारी गर्नुपर्छ । यदी हामीले नेपाल र नेपाली जनतालाई नै माथि उठाउन चाहेको हो, सांस्कृतिक रुपले उन्नत, सभ्य बनाउन चाहेको हो भने परिवारलाई पनि जारी गर्नुपर्छ ।

    हरेक परिवारले परिवारभित्र गर्न नहुने र गर्नपर्ने के हो त्यो नीति पनि जारी गर्नुपर्छ र त्यसो नगरे तदनुरुपको कारबाही हुनुपर्छ । यि सबै विषय सँगै लैजानुपर्छ ।’

    सांसद गौतमले सदाचार नीतिअनुसार नचल्नेलाई कारबाही गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend