सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

शेयर बजार बढ्यो, २३ अर्ब ४३ करोड बढीको कारोबार

शेयर बजार बढ्यो, २३ अर्ब ४३ करोड बढीको कारोबार

काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ को बिन्दुमा कायम भएको छ ।

आज १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ ।

आज ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड माथिको शेयर कारोबार भएको छ ।

आज शिवम् सिमेन्टको ८४ करोड २९ लाख रुपैयाँ, अपि पावरको ७५ करोड ५९ लाख रुपैयाँ, नेपाल फाइनान्सको ६१ करोड ६४ लाख रुपैयाँ र सानिमा माइ हाइड्रोपावरको ५८ करोड ३२ लाख रुपैयाँले कारोबार भएको छ ।

आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआइडीसीएल, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रो, इङ्वा हाइड्रो र अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

मन्दाकिनी हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend