logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण छैन : सांसद भट्ट

    संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण छैन : सांसद भट्ट

    427
    Shares
    संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण छैन : सांसद भट्ट

    काठमाडौं । राष्ट्रिय सभा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    नेकपा (माओवादी केन्द्र) का सांसदको सवालमा जवाफ दिँदै उनले देश कसैको रहरमा नभइ कानून र विधि अनुसार चल्ने बताए ।

    उनले संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको बताए । उनले सरकार गयो भन्ने धङधङीमा नरहन माओवादीलाई आग्रह गरे । उनले देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरु सबैको उद्देश्य जनताको सेवा गर्ने हुनुपर्ने बताए । विपद्मा परेकाहरुको उचित व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।

    उनले भने, ‘हामी धङधङीमा छौँ । सरकार गयो, किन गयो, कसका कारणले गयो । म विनम्रताकासाथ अनुरोध गर्न चाहन्छु । त्यसको कारक कांग्रेस नै हो । कि हामी पनि हौँ । यो देश रहरमा चल्छ ? आज देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका हामी पक्षधरहरु जो जहाँ भएपनि हामी सबैको भावना देशको सेवा र जनताको सेवा गर्ने उद्देश्य होइन र ? हामी जहिले पनि आरोप, प्रत्यारोप उत्रिने ।

    बोल्न मन नलागेको विषयमा पनि प्रयास गर्नुपर्ने । आज देशमा विपत्ति छ, बाढी, पहिरो छ । ति जनताको व्यवस्था, अवस्था, बस्ने बसाई, खानेकुरामा यो सरकारको ध्यान जाओस् ।’

    सांसद भट्टले विपत्तिमा परेकाहरुलाई सरकारले छिटो भन्दा छिटो राहतको व्यवस्था गर्न आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend