काठमाडौँ । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका छन् ।
बिहीबार समितिको बैठकमा र गैरे निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले घोषणा गरेका हुन् ।
निर्विरोध निर्वाचित सभापतिले सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्दैछन् ।