logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न समिति गठन

    गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न समिति गठन

    364
    Shares
    गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न समिति गठन

    काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले शुक्रबार छानबिन समिति गठन गरेको हो ।

    प्रहरी प्रवक्ता दानबहादुर दानबहादुर कार्कीका अनुसार उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनेको र सो समितिले शुक्रबार बिहानैदेखि काम थालेको छ ।

    बिहीबार दिउँसो  ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।  ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको थियो ।

    गृहमन्त्री लेखकले गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका थिए ।

    गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको छ । उक्त ‘फुटेज’ हेर्दा ट्रक चालक मुख्य दोषी रहेको पाइएको छ ।

    घटनास्थलबाट फरार भएका ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका‐२ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी प्रहरी वृत्त ठिमीको जिम्मा लगाएको छ ।

    प्रहरीले घटनाबारे छिट्टै सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend