logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन बनेको हो : नारायणकाजी श्रेष्ठ

    वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन बनेको हो : नारायणकाजी श्रेष्ठ

    336
    Shares
    वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन बनेको हो : नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको आरोप लगाएका छन् ।

    शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु बेदाग भएर सरकारबाट निस्किएको बताए ।

    उनले इतिहासले दिएको जिम्मेवारी पूरा गर्नु आफूहरुका लागि महत्वपूर्ण रहेको बताए । उनले इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकतावद्ध, सुदृढ गर्ने रहेको बताए ।

    पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरी गोलबन्दी हुनुपर्ने बताए । पार्टीको वैचारिक कार्यदिशा एकरुप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जान आवश्यक रहेको बताए ।

    उनले भने, ‘हामी बेदाग भएर सरकारबाट निस्किएका छौँ । अहिले सरकार बनाउनेहरुको बारेमा आम चर्चा छँदैछ । हामीले भन्नु पनि पर्दैन । भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउनको निम्ति यो सरकार बनेको छ भनेर आम चर्चा छ ।

    इतिहासले हामीलाई अहिले सुम्पिएको जिम्मेवारी ग्रहण गर्दै त्यसको सम्पादन, त्यो कार्यभार पूरा गर्नुपर्ने आजको आवश्यकता छ । हामीलाई इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकतावद्ध, सुदृढ गर्ने हो ।

    हाम्रो पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरी गोलबन्दी हुने हो । पार्टीको वैचारिक कार्यदिशा एकरुप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जाने हो ।’

    वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई एकतावद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी बनाउन वैचारिक, सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend