logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बन्यो : सांसद भुसाल

    संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बन्यो : सांसद भुसाल

    504
    Shares
    संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बन्यो : सांसद भुसाल

    काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) सांसद डा. वेदुराम भुसालले समानुपातिक समावेशी सहभागितामुलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने बताएका छन् । आईतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइएको बताए ।

    उनले संविधान असंशोधनीय दस्ताबेज नभएको तर संशोधन के उद्देश्यले गर्ने ? कस्तो संशोधन गर्ने ? केका निम्ति संशोधन गर्ने ? भन्ने प्रश्न रहेको बताए । उनले दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन भए स्वीकार्य नहुने चेतावनी दिए ।

    उनले भने, ‘अनियमितता बढेर गएका छ । बेरुजु बढेर गएको छ । अनियमितता बढेर गएको छ भन्नुको मतलव भ्रष्टचार बढेर गएको छ । यसलाई नियन्त्रण गर्न सकिएको छैन । यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिओस् । अहिले संविधान संशोधनका खुब चर्चा हुने गरेका छन् । संविधान संशेधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइयो दुई दलको बीचमा सहमति गरेर भन्ने पनि आएको छ ।

    हाम्रो संविधान असंशोधनीय दस्ताबेज होइन । संशोधन हुनसक्छ । तर संशोधन के उद्देश्यले गर्ने ? कस्तो संशोधन गर्ने ? केका निम्ति संशोधन गर्ने ? के अहिले भनिए जस्तै दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन हो ? समानुपातिक समावेशी सहभागितामुलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति हो । यदी यसो हो भने यो स्वीकार्य हुने छैन ।

    यसलाई कुण्ठित गर्नेकुरा सहन सक्दैनौँ । दुई दलका बीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन ।’

    सांसद भुसालले दुई दलबीचको सहमतिले संविधानका मुलभुत मान्यताहरुमाथि प्रहार गर्न नपाइने बताए ।

    उनले भ्रष्टाचार बढेर गएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend