logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • दिगो आर्थिक विकासको लागि नीतिगत सुधार सरकारको प्राथमिकता : मन्त्री भण्डारी

    दिगो आर्थिक विकासको लागि नीतिगत सुधार सरकारको प्राथमिकता : मन्त्री भण्डारी

    329
    Shares
    दिगो आर्थिक विकासको लागि नीतिगत सुधार सरकारको प्राथमिकता : मन्त्री भण्डारी

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दिगो आर्थिक विकासको लागि नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

    आईतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले आजको आवश्यकता रोजगारी, उद्यमशीलता, औद्योगिक क्षेत्रको विकास, औद्योगिक पूर्वाधारको विकास रहेको बताए । उनले लगानीमैत्री वातावरण बनाइ सरकारले देश विकासका लागि काम गरिरहेको बताए । उनले संघीय सरकारमा कानून नबन्दा प्रदेश र स्थानीय सरकार पनि प्रभावित हुने बताए ।

    उनले भने, ‘हामीले राज्यको संरचना परिवर्तन गर्यौँ, तीन तहको सरकारको परिकल्पना गर्यौँ, संघीय सरकारमा कानून नबन्दा प्रदेश सरकार प्रभावित हुन्छ, स्थानीय सरकार प्रभावित हुन्छ । त्यसैले यतिखेर हामीले संविधान कार्यान्वयनको एउटा आधार नीतिगत रुपमा आजका जुन जटिलताहरु छन्, उद्योगले औद्योगिक व्यवसायीक ऐनको पैरवी गर्छ, हामीले खानी, खनिजका प्रश्नहरु अघि बढाउँछौँ । वन मन्त्रालयले वन, वातावरण, पर्यावरणका विषयहरु अघि बढाउँछ ।

    यसरी हाम्रा ऐनहरुमा अन्तरमन्त्रालयसँग जटिलता आएका छन्, ति जटिलता फुकाउन हामीले यतिखेरको थुप्रै ऐनहरुलाई संशोधन गर्ने, ऐनहरुको निर्माण गर्ने कामहरु अघि बढाइरहेका छौँ । ६० वटा ठूला र मझौला उद्योगहरु दर्ता भएका छन् । ऐन संशोधन गर्दा अटोमेटिक रुटबाट लगानी सम्मेलनमै हामीले झन्डै ९ अर्बको लगानी स्वीकृत गरेका थियौँ । अहिले पछिल्लो पटक झन्डै १८ अर्बको विदेशी लगानीलाई हामीले ल्याएका छौँ । नीति भन्दा राज्य बलियो हुन्छ, लगानीमैत्री वातावरण बन्छ । लगानीलाई सुनिश्चित गर्दछ । आज नेपालका विद्युतीय क्षेत्रमा, संस्थाहरुमा पैसा थन्किएर, बस्ने पुँजी थन्किएर बस्ने गरेको छ ।

    आजको आवश्यकता हामीले रोजगारी, उद्यमशीलता, औद्योगिक क्षेत्रको विकास, औद्योगिक पूर्वाधारको विकास हो । खासगरी हामीले दिगो आर्थिक विकासको लागि नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको छ ।’

    मन्त्री भण्डारीले अन्तरमन्त्रालयसँग समन्वयको जटिलता फुकाउने गरी सरकारले काम गरिरहेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend