logo

२०८१ असोज २८ सोमबार

logo
  • सोमबार, २८ असोज २०८१
  • कमला नदी पुलबारे सरकारले चासो नदेखाएको अनसनरत युवाको गुनासो

    कमला नदी पुलबारे सरकारले चासो नदेखाएको अनसनरत युवाको गुनासो

    343
    Shares
    कमला नदी पुलबारे सरकारले चासो नदेखाएको अनसनरत युवाको गुनासो

    काठमाडौं । धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै आमरण अनसन बसेको आज तेस्रो दिन पनि सरकारले चासो नदेखाएको अनसनरत युवाहरुले गुनासो गरेका छन् ।

    अनसनको तेस्रो दिन बिहीबार पनि सरकारले चासो नदेखाएको उनीहरुले बताएका हुन् ।

    युवाहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गइरहेको चिकित्सकले बताएका छन् । अनसनमा बसेका युवाहरुको स्वास्थ्य स्थितिको चेकजाँचका लागि पुगेका चिकित्सक विपिनकुमार यादवले अनसनकारी युवाको स्वास्थ्य स्थिति कमजोर हुँदै गइरहेको बताए । उनकाअनुसार खाना नखाएकाले उनीहरुका ग्लुकोज तथा पानीको मात्राको अभाव भएको छ ।

    यता आन्दोलनको नेतृत्व गरिरहेका प्रविण यादवले मुख्यमन्त्री सतिशकुमार सिंहले युवाहरुको अनशनलाई स्टन्टको संज्ञा दिएकोप्रति दुःख व्यक्त गरेका छन् ।

    उनले आमरण अनसनमा बसेको तीन दिन भइसक्दा समेत प्रदेश सरकारबाट हालखबर बुझ्नसम्म कोही नआएको दुःखेसो पोखे ।

    उनले अनसन बसेको पहिलो दिन भौतिकमन्त्री सरोज यादव भेट्न आएपनि माग सम्बोधन गर्ने प्रयास नगरेको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend