logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बागलुङका बाढी पीडितलाई राहत दिन सांसद भट्टचनद्धारा सरकारको ध्यानकर्षण

    बागलुङका बाढी पीडितलाई राहत दिन सांसद भट्टचनद्धारा सरकारको ध्यानकर्षण

    1.3K
    Shares
    बागलुङका बाढी पीडितलाई राहत दिन सांसद भट्टचनद्धारा सरकारको ध्यानकर्षण

    काठमाडौं । नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले बाढी र पहिरोबाट पीडितलाई राहत उपलब्ध गराउन माग गरेका छन् । बिहीबारको संसदको विशेष समयमा बोल्दै सांसद भट्टचनले देशव्यापी रुपमा अविरल वर्षाका कारण बागलुङको बडिगाड गाउँपालिकाको वडा नम्बर ९ र १० मा मात्र १ सय २५ जना विस्थापित भएको जानकारी गराएका छन् । उनका अनुसार स्थानीय सरकारको समन्वयमा राहत कार्य जारी छ ।

    यसैगरी पहिरोमा परी हालसम्म ११ जनाको मृत्यु भएको र १ जनाको अवस्था अझै अज्ञात रहेको उनले जानकारी दिए । सांसद भट्टचनले बिरामीहरुको उपचार र विस्थापित ३५ परिवारहरुको घरबासको लागि रकम उपलब्ध गराउन सरकारसँग अनुरोध गरेका छन् ।

    मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ छुसाङ अन्र्तगतका सम्पूर्ण भू–भागहरु र वडा नं. ५ को साङ्ता गाउँलाई गृह मन्त्रालयबाट २०७६ असार ३० गते राजपत्रमा प्रकाशित भएको प्रतिबन्धित खुला गर्न उनले माग गरेका छन् । भट्टचनका अनुसार स्थानीयहरुको माग बमोजिम बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कार्यालय तथा अन्य सम्बन्धित निकायहरुबाट वडा नं. ३ र ५ लाई प्रतिबन्धित क्षेत्र फुकुवा गरी खुला क्षेत्र गर्नको लागि सिफारिश समेत भईसकेको छ ।

    कोराला सीमामा नेपालतर्फ भौतिक संरचना शुन्य भएको हुँदा भन्सार, सीमा प्रहरी, सैनिक तथा कर्मचारीहरुको लागि आवाससहितको भौतिक संरचना निर्माणको कार्य यथासक्दो चाडो पहल गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    पर्यटकीय एबं धार्मिक दृष्टिकोणले महत्वपूर्ण कोरोला सिमाको कालीगण्डकी कोरिडोर सडक म्याग्दीदेखि कोरोलामा आवश्यक बजेट उपलब्ध गराई सडक कालोपत्रे र पुलहरुको निर्माण का लागि ध्यानाकर्षण गराएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend