logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्री : ‘सांसदहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’

    भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्री : ‘सांसदहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’

    770
    Shares
    भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्री : ‘सांसदहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरुले गर्ने बताएका छन् ।

    बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

    उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको र हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरुले गर्ने बताए । राज्य व्यवस्था समितिमा विधेयकबारे छलफल जारी छ ।

    समितिमा र संसद बैठकमा सांसदहरुले हदम्याद राख्न नहुने आवाज उठाइरहेका बेला सञ्चारकर्मीहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    उनले भने, ‘संसदमा छलफल चलिरहेको छ, तपाईंहरुलाई थाहा होला । संसदमा छलफल हुन्छ, संसदले निर्णय गर्छ । संसदमा छलफल भइरहेको छ । माननीयज्युहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ ।’

    प्रधानमन्त्री ओलीले समिति बैठकपछि संसदमा पनि छलफल गर्ने र संसदको निर्णयअनुसार विधेयक अघि बढ्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend