logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले उद्योगका लागि सस्तोमा विद्युत उपलब्ध गराउनुपर्छ : चन्द्रप्रसाद ढकाल

    सरकारले उद्योगका लागि सस्तोमा विद्युत उपलब्ध गराउनुपर्छ : चन्द्रप्रसाद ढकाल

    539
    Shares
    सरकारले उद्योगका लागि सस्तोमा विद्युत उपलब्ध गराउनुपर्छ : चन्द्रप्रसाद ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाल उद्योग व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।

    उनले साना तथा मझौला उद्योग सञ्चालनका लागि सहयोग आवश्यक रहेकाले त्यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

    अध्यक्ष ढकालले स्टार्टअप परियोजनालाई कर्जा प्रवाह परियोजनाको रुपमा अघि बढाउने प्रधानमन्त्री केपी शर्मा ओली भनाईले पनि मुलुकका आर्थिक गतिविधिलाई अघि बढाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘बिजुलीलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउनु पर्छ । ह्वील चार्ज तितेर सिधै बिजुली किन्ने व्यवस्था गरिनु पर्दछ । बजेटका त्यसको केही कुरा आएपनि त्यो इम्पिलिमेन्ट हुन सकेको छैन । कच्चा पदार्थ र अन्तिम वस्तुको उत्पादन वैज्ञानिक बनाई यसमा सहुलियत दिनुपर्दछ भन्ने कुरा पनि म राख्न चाहन्छु । साना तथा मझौला उद्योग सुरु देखि नै संवेदनशील हुन्छ सरकार र अन्य सक्षम निकायको सहयोग चाहिन्छ । अस्तीको कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले भने अनुसार नै त्यो स्टार्ट अपलाई परियोजना कर्जाको रुपमा अघि बढाउनु पर्छ भन्नुभएको थियो । त्यसलाई प्रोजेक्ट फाईनान्सको रुपमा अगाडि बढाउनु पर्छ ’

    अध्यक्ष ढकालले कब्जा पदार्थ आयातमा अझै सहुलियतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend