logo

२०८१ असोज २५ शुक्रबार

logo
  • शुक्रबार, २५ असोज २०८१
  • चाडबाडमा अत्यावश्यक खाद्य वस्तुहरूको अभाव हुन दिँदैनौँ : मन्त्री भण्डारी

    चाडबाडमा अत्यावश्यक खाद्य वस्तुहरूको अभाव हुन दिँदैनौँ : मन्त्री भण्डारी

    322
    Shares
    चाडबाडमा अत्यावश्यक खाद्य वस्तुहरूको अभाव हुन दिँदैनौँ : मन्त्री भण्डारी

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य अत्यावश्यक खाद्य बस्तुहरूको अभाव हुन नदिन सरकार सचेत रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार सिंहदरबारमा बसेको बैठकमा दसैँ, तिहार लगायतका चाडबाडमा हुने कालोबजारीलगायतको विषयमा भएको छलफलमा उनले सो कुरा बताएका हुन् ।

    मन्त्री भण्डारीले चाडबाडका बेला अभाव नहुने गरी चामल, चिनीलगायतका अत्यावश्यक वस्तुहरूको सहज आपूर्ति र सुपथ मूल्यमा वितरण गर्ने काममा सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताए । बजारमा हुने खाद्य बस्तुहरूको अभाव, मूल्य समायोजन लगायतका विषयमा सरकार सचेत रहेको मन्त्री भण्डारीको भनाइ थियो ।

    उनले दैनिक उपभोग्य खाद्यवस्तुहरूको आपूर्ति व्यवस्थामा बिचौलिया र तस्करी हुन्छ कि भनेर आशंका गर्न पनि सांसदहरूलाई पटक पटक आग्रह गरे । आपूर्ति कर्ताहरूसँग छलफल गरेर दैनिक उपभोग्य बस्तुहरूको सहज र सुपथ मूल्यमा आपूर्ति गराउने काम सरकारले गर्ने उल्लेख गर्दे मन्त्री भण्डारीले त्यसमा शंका गरिरहन नपर्ने बताए ।

    मन्त्री भण्डारीले कालोबजारी हुन नदिने गरी बजार अनुगमनको कामलाई पनि सरकारले प्रभावकारी बनाउने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend