शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

गरिमा विकास बैंक ‘सम्पत्ति गुणस्तरमा सर्वश्रेष्ठ बैंक’ अवार्डबाट सम्मानित

गरिमा विकास बैंक ‘सम्पत्ति गुणस्तरमा सर्वश्रेष्ठ बैंक’ अवार्डबाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘सम्पत्ति गुणस्तरमा सर्वश्रेष्ठ बैंक’ अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो इमर्जिङ एशिया बैंकिङ कन्क्लेभ र अवार्ड कार्यक्रममा गरिमा विकास बैंक ‘सम्पत्ति गुणस्तरमा सर्वश्रेष्ठ बैंक’ अवार्डबाट सम्मानित भएको हो ।

उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसंगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग ईकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।

सो अवसरमा आयोजित मूल्य श्रृंखला भर ड्राइभिङ दक्षता कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय विकास बैंकर्स संघ, नेपालको समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी थिए ।

सो कार्यक्रममा उनले नेपालको बैंकिङ्ग परिदृष्य, बैंकिङ्गमा प्रविधिको प्रयोग र आगामी चूनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए । उक्त प्यानल छलफल कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायसंगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रालिका उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताको रुपमा रहेर आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

सो कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत वक्ताको रुपमा सहभागी रहेका थिए ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend