logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • जसपा नेपालले टुङ्ग्यायो पदाधिकारी र सदस्य, चेम्जोङ बने सहअध्यक्ष

    जसपा नेपालले टुङ्ग्यायो पदाधिकारी र सदस्य, चेम्जोङ बने सहअध्यक्ष

    511
    Shares
    जसपा नेपालले टुङ्ग्यायो पदाधिकारी र सदस्य, चेम्जोङ बने सहअध्यक्ष

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी/कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ ।

    हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्यविभाजन गरिएको जसपा नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।

    कार्यविभाजनअनुसार रकम चेम्जोङ सहअध्यक्ष चुनिएका छन् । यस्तै, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष बनेका छन् ।

    महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त भएका छन् भने प्रकाश अधिकारी उपमहासचिव चुनिएका छन् । मनिषकुमार सुमन पार्टीको प्रवक्ता बनेको जसपा पार्टी कार्यालयले जनाएको छ । त्यसैगरी, दीपक कार्की र रेखा यादव पनि उपमहासचिव नियुक्त भएका छन् ।

    जसपा नेपालको सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई तथा कोषाध्यक्षमा सुरिताकुमारी साह चुनिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend