logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ‘कांग्रेस-एमालेको सरकार बन्नु संख्यात्मक दृष्टिकोणले बलियो, समस्या समाधानका लागि उपयुक्त’

    ‘कांग्रेस-एमालेको सरकार बन्नु संख्यात्मक दृष्टिकोणले बलियो, समस्या समाधानका लागि उपयुक्त’

    490
    Shares
    ‘कांग्रेस-एमालेको सरकार बन्नु संख्यात्मक दृष्टिकोणले बलियो, समस्या समाधानका लागि उपयुक्त’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले भूराजनीति, सुरक्षा र सामरिक विषयमा दुई देशका बीचमा भिन्नता भएका कारण नेपालले भारतको नाकाबन्दी भोग्नुपरेको बताएका छन् ।

    सोमबार आफुद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै अध्यक्ष थापाले नेपाल र भारतका बीचमा भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता भएका कारण नेपालले पटक-पटक नाकाबन्दी भोग्नुपरेको बताएका हुन् ।

    उनले दुई देशबीचको सम्बन्धलाई उचाईमा पुर्याउनका लागि भुराजनीति र दुई देशका बीचमा रहेको अवधारणागत भिन्नतालाई साँघुरो बनाउँदै लैजानु जरुरी रहेको बताए । उनले पटक–पटक भारतले नेपालमा नाकाबन्दी लगाउनुमा तत्कालिक कारणहरु पनि रहेको उल्लेख गर्दै तत्कालिक कारणहरु भन्दा मुख्यकुरा अवधारणागत भिन्नता नै रहेको बताए ।

    उनले अहिले कांग्रेस–एमालेको सरकार बन्नु संख्यात्मक दृष्टिकोणले बलियो भएको भन्दै समस्या समाधानका लागि उपयुक्त समय यही भएको बताए ।

    उनले भने – ‘हामीले पटक-पटक भोग्नुपरेका नाकाबन्दीका तत्कालिक कारणहरु विभिन्न हुन्छन् । तर मेरो निष्कर्ष छ कि तत्कालिक कारणहरुको बाबजुत पटक-पटक नेपालले नाकाबन्दी भोग्नुपर्ने मुख्य कारण भनेको भुराजनीति र सुरक्षा र सामरिक विषयमा नेपाल र भारतका बिचमा रहेको अवधारणागत भिन्नता नै हो ।

    तसर्थ हामी नेपाल-भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने क्रममा भूराजनीति र दुई देशका विचमा रहेको अवधारणागत भिन्नतालाई साँघुरो बनाउँदै लैजाने र त्यसलाई समाधान गर्नेगरी सम्बोधन गर्नु नितान्त जरुरी छ । अहिले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेको छ । संख्यात्मक दृष्टिकोणबाट यो सरकार बलियो छ ।

    यसले राजनीतिक स्थायित्व दिने सम्भावना छ । यो उपयुक्त अवसर हो । नेपाल-भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनको निमित्त । भूराजनीति र अवधारणागत भिन्नताले सिर्जना गरेका चुनौती र जटिलतालाई गम्भिरताका साथ सम्बोधन गर्ने प्रयास गर्नका निम्ति म प्रधानमन्त्रीमा आग्रह गर्न चाहन्छु ।’

    अध्यक्ष थापाले आफू परराष्ट्रमन्त्री हुँदा चीनसँग पारवाहन सम्झौता गरेको स्मरण गर्दै सो सम्झौता ऐतिहासिक भएको बताए । उनले सो पारवाहन सम्झौताको कार्यान्वयन हुन नसकेको भन्दै यसको महत्वलाई बुझेर कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend