काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् ।
जारी केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी र पोलिट्ब्युरो सदस्य निर्वाचनका लागि चुनाव भइरहेको हो।
एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् ।
आज वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिंदैछ ।
अन्य पदका लागि दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ ।
पार्टीको असार १६ गतेदेखि २० गतेसम्म चलेको दसौं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भूसाल सर्वसम्मत चयन गरेको थियो।