logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमसीसी परियोजना अन्तर्गतको ट्रान्समिसन लाइन समयभित्रै बनाइसक्न सरकारको ध्यानाकर्षण

    एमसीसी परियोजना अन्तर्गतको ट्रान्समिसन लाइन समयभित्रै बनाइसक्न सरकारको ध्यानाकर्षण

    399
    Shares
    एमसीसी परियोजना अन्तर्गतको ट्रान्समिसन लाइन समयभित्रै बनाइसक्न सरकारको ध्यानाकर्षण

    काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी परियोजना अन्तर्गतको ट्रान्समिसन लाइनलाई समयभित्रै बनाइसक्न सरकारको ध्यानाकर्षण गराएका छन् । आईतबार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले एमसीसी परियोजनाअन्तर्गतको ट्रान्समिसन लाइनलाई समयमा बनाउनसके विद्युत विकास र निर्यातका निमित्त हामीलाई कोशेढुंगा हुने उल्लेख गरे । उनले विद्युत खपत व्यक्तिगत हिसावले तीन दोब्बर भएको र यो सकारात्मक रहेको बताए ।

    उनले सरकारले विद्युत उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले पुँजी र प्रविधिको धेरै ठूलो आवश्यकता जलविद्युतमा रहेको बताए ।

    उनले भने, ‘एमसीसी परियोजनाअन्तर्गतको ट्रान्समिसन लाइनलाई समयमा बनाउनसके विद्युत विकास र निर्यातका निमित्त हामीलाई कोशेढुंगा हुनसक्छ । त्यसतर्फ पनि यो सम्बन्धित मन्त्रालय र यसको नेतृत्व गरिरहनुभएका मन्त्रीज्युलाई समयमा सम्पन्न गर्नका निमित्त ध्यान दिन आग्रह गर्दछु । अहिले हाम्रो विद्युत खपत व्यक्तिगत हिसावले पनि तीन दोब्बर भएको छ । यो पनि सकारात्मक कुरा हो ।

    विद्युतको विकास नभइकन मुलुकको विकास हुन सक्दैन । त्यसको परिभाषा गर्नुपर्ने जरुरी छैन । विद्युत उत्पादनलाई हामीले प्राथमिकतामा राख्नुपर्छ । यसका निमित्त ट्रान्समिसन लाइनको जरुरी छ, त्यसअनुसारको ट्रान्समिसन लाइनको योजना हुनुपर्छ । पुँजी र प्रविधिको धेरै ठूलो आवश्यकता जलविद्युतमा छ ।’

    सांसद कार्कीले पुँजी र प्रविधि धेरै भित्र्याउने कुरामा ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend