logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • भ्रष्टाचारजस्तो कसुरमा हदम्याद राख्नुहुन्न, मेरो र माओवादी केन्द्रको दृढ मत छ : हितराज पाण्डे

    भ्रष्टाचारजस्तो कसुरमा हदम्याद राख्नुहुन्न, मेरो र माओवादी केन्द्रको दृढ मत छ : हितराज पाण्डे

    441
    Shares
    भ्रष्टाचारजस्तो कसुरमा हदम्याद राख्नुहुन्न, मेरो र माओवादी केन्द्रको दृढ मत छ  : हितराज पाण्डे

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भ्रष्टाचारजस्तो कसुरमा कारबाहीका लागि हदम्याद राख्न नहुने अडान राखेका छन् ।

    बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको कसुरमा हदम्याद राखिएको आपत्ति जनाएका हुन् ।

    प्रमुख सचेतक पाण्डेले भ्रष्टाचार रोक्नका लागि सरकारले व्यवहारबाटै काम गरेर देखाउनुपर्ने बताए । उनले कडा कानून बनाएर भ्रष्टहरुलाई कारबाही गर्न पनि सरकारलाई दबाब दिए । प्रमुख सचेतक पाण्डेले जनताले अनुभुति हुनेगरी सरकारले सुशासनको पक्षमा काम गर्नुपर्ने आवश्यक्ता पनि औैंल्याए ।

    उनले भने, ‘भ्रष्टाचार कुराले रोकिदैन । कामबाट रोकिनुपर्छ । कानूनबाट रोकिनुपर्छ । जनताले आफ्नो जीवन व्यवहारमा भ्रष्टाचार रोकिएको अनुभुति गर्न पाउनुपर्छ । हाल प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक उपर छलफल चलिरहेको छ ।

    २०७६ सालमा संसदमा दर्ता भएको यस विधेयकको दफा १६ मा संशोधन गर्ने भनेर पाँच वर्षभित्र मुद्दा चलाउने विषय राखेको आएको छ । भ्रष्टाचारजस्तो कसुरमा हदम्याद राखिनु हुन्न मेरो र हाम्रो दल नेकपा (माओवादी केन्द्र) को दृढ मत रहेको छ । यस बारेमा व्यापक छलफलहरु भईराखेका छन् । ’

    प्रमुख सचेतक पाण्डेले सहकारी पीडितहरुलाई न्याय दिने काममा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण पनि गराए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend